Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

312
shares

काठमाडौं, १४ साउन । विहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १६.२९ अंकले घटेर २६७२.५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ३८ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले २.८८ प्रतिशतका दरले कमाएका छन् भने शुभम पावर लिमिटेडका लगानीकर्ताले २.१५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ताले २.०१ प्रतिशतका दरले कमाएका छन् भने एनएमबि हाइब्रिड फन्ड एल २का लगानीकर्ताले १.७७ प्रतिशतका दरले कमाएका छन् ।