Dhulikhel Eco Banner new

वल्र्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि गरेको दाबी

351
shares

काठमाडौं, १४ साउन । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११ लाख एफटिटिएच (फाइबर टु द होम) ग्राहकको ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

यस उपलब्धिसँगै कम्पनीले नेपालको एफटिटिएच बजारमा करिब ३५ प्रतिशत बजार हिस्सा कायम गर्दै देशको डिजिटल रूपान्तरण यात्रामा अर्को महत्वपूर्ण कोसेढुङ्गा स्थापित गरेको कम्पनीकोे दाबी छ ।

सन् १९९५ मा इमेल सेवाबाट आफ्नो यात्रा प्रारम्भ गरेको वल्र्डलिंकले विगत तीन दशकभन्दा लामो अवधिमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकाससँगै निरन्तर आफूलाई परिष्कृत गर्दै आएको छ ।

डायल–अप इन्टरनेट, केबल इन्टरनेट र वायरलेस इन्टरनेट सेवादेखि लिएर अत्याधुनिक एफटिटिएच प्रविधिसम्मको यात्रामा कम्पनीले नेपाली उपभोक्तालाई विश्वस्तरीय र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । सन् २०१५ मा एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि कम्पनीले देशभर उच्च गतिको इन्टरनेट पहुँच विस्तारलाई तीव्रता दिएको कम्पनीले जनाएको छ ।

ग्राहकलाई अझ उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने उद्देश्यका साथ वल्र्डलिंकले हालै वाइफाई सिक्स प्रविधि सफलतापूर्वक सञ्चालनमा ल्याएको छ । यस प्रविधिले उच्च गतिको इन्टरनेट, फराकिलो कभरेज, न्यून विलम्बता (लो लेटेन्सी) तथा एकैसाथ धेरै उपकरणहरू जडान हुँदा समेत प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्ने भएकाले आधुनिक डिजिटल जीवनशैलीका लागि महत्वपूर्ण मानिएको छ ।

हाल वल्र्डलिंकको सेवा नेपालका ७४ जिल्लामा विस्तार भइसकेको छ । हिमाली भेगदेखि तराईसम्म तथा दुर्गम जुम्लादेखि विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविरसम्म उच्च गतिको एफटिटिएच इन्टरनेट सेवा पुर्याधएर कम्पनीले डिजिटल पहुँच विस्तार तथा डिजिटल समावेशीकरणमा उल्लेखनीय योगदान दिएको जनाएको छ ।

३१ वर्षभन्दा बढीको सेवायात्रामा वल्र्डलिंकले गुणस्तरीय सेवा, नवीनतम प्रविधि, उत्कृष्ट ग्राहक अनुभव तथा सुदृढ नेटवर्क पूर्वाधारमार्फत लाखौँ नेपालीको विश्वास जित्न सफल भएको छ। कम्पनीका लागि ११ लाख ग्राहकको यो उपलब्धि केवल एक व्यावसायिक माइलस्टोन मात्र नभई ग्राहक, कर्मचारी, साझेदार तथा सम्पूर्ण सरोकारवालाबाट प्राप्त विश्वास, साथ र सहकार्यको प्रतिफल भएको कम्पनीले जनाएको छ ।

यस ऐतिहासिक उपलब्धिका अवसरमा वल्र्डलिंकले आफ्ना सम्पूर्ण ग्राहक, कर्मचारी, व्यावसायिक साझेदार तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ । कम्पनीमाथि निरन्तर विश्वास गर्दै सेवा उपयोग गरिरहनु भएका ग्राहकवर्गप्रति कृतज्ञता व्यक्त गर्दै वल्र्डलिंकले आगामी दिनहरूमा पनि नवीनतम प्रविधि, उत्कृष्ट सेवा गुणस्तर तथा उच्च ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर नेपालको डिजिटल भविष्य निर्माणमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

नेपालको डिजिटल रूपान्तरणलाई गति दिने तथा प्रत्येक नेपालीलाई विश्वस्तरीय डिजिटल सेवामा पहुँच सुनिश्चित गर्ने आफ्नो दीर्घकालीन लक्ष्यप्रति वल्र्डलिंक निरन्तर प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।