Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

247
shares

काठमाडौं, १४ साउन । विहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १६.२९ अंकले घटेर २६७२.५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ३८ करोड कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा कालिञ्चोक जलविद्युत लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले १२.३० प्रतिशतका दरले गुमाएका छन् भने सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.८२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि ग्लोबल आईएमई समुन्नत योजना २का लगानीकर्ताले ३.७३ प्रतिशतका दरले गुमाएका छन् भने रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले ३.४७ प्रतिशतका दरले गुमाएका छन् ।