दोहोरो अकंले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो
वि.सं.२०८३ साउन १४ बिहीवार १५:०७
shares

काठमाडौं, १४ साउन । विहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १६.२९ अंकले घटेर २६७२.५८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०६ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ३८ करोड कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि कालिञ्चोक जलविद्युत लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका छन् ।

















