सन नेपाल लाइफद्वारा मधेशका उत्कृष्ट अभिकर्ता सम्मानित
वि.सं.२०८३ भदौ ७ आइतवार १०:५३
shares

काठमाडौं, ७ भाद्र । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।
बर्दिबास रिसोर्टमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीसहित विभिन्न शाखाका प्रमुख, क्षेत्रीय प्रबन्धक, एडीएम तथा अभिकर्ताको सहभागिता थियो।
कार्यक्रममा मधेश प्रदेश प्रमुख चौधरीले बिक्री नीति २०८३र८४ तथा आगामी योजनाबारे जानकारी गराउँदै अभिकर्तालाई व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे।
प्रमुख बजार अधिकृत चौलागाईंले अभिकर्ताको व्यवसायिक विकास र सेवा–सुविधालाई कम्पनीले प्राथमिकतामा राखेको बताए। प्रमुख कार्यकारी अधिकृत अर्यालले मधेश प्रदेशमा कम्पनीको व्यवसायिक विस्तारमा अभिकर्ता, एडीएम तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उत्कृष्ट कार्यसम्पादनका लागि धन्यवाद व्यक्त गरे।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एडीएम तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। सम्मानले अभिकर्तामा थप उत्साह र आगामी दिनमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रेरणा मिलेको सहभागीले बताएका छन्।
सन नेपाल लाइफले देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ।

















