Dhulikhel Eco Banner new

नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतमको उम्मेदवारी

18.84K
shares

काठमाडौं, २९ असार । नेपाल व्यापार संघको आगामी नेतृत्वका लागि हरि बहादुर गौतमले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । केटिएम भ्वाइससँगको अन्तरर्वाताका क्रममा उनले आफू अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् ।

अहिले उपाध्यक्ष रहेका उनले स्वभाविक रुपमा अध्यक्षको दावी रहने बताए । व्यवसायीका समस्या समाधानका लागि पनि आफ्नो उम्मेदवारी रहेकको उनको भनाइ छ । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

साना तथा मझौला व्यवसायीका समस्या समाधानका लागि आफूले निरन्तर लागिरहेको भन्दै यसलाई थप मर्यादित बनाउनका लागि पनि आफूले नेतृत्वमा दाबी गरिरहेको उनको भनाइ छ ।