विराटनगरको बिग होटललाई ४ तारेको मान्यता
वि.सं.२०७९ साउन ४ बुधवार ०८:०९
shares

काठमाडौं, ४ साउन । विराटनगरको बिग होटलले ४ तारेको मान्यता पाएको छ । विगत चार बर्षअधि खुलेको होटलले अहिले आएर चार तारेको मान्यता पाएको हो ।
५० करोडका लगानीमा स्थापित होटल बिगले थप ३० करोडको लगानी विस्तार गरेपछि पर्यटन मन्त्रालयले चारतारे होटलको मान्यता दिएको हो ।
होटलले अहिले क्यासिनो, इनडोर स्विमिङ पुल, जिमक्लब, स्पा, सोना र स्टिम बाथ, हेल्थक्लब, जिम क्बल, युनिसेक्स सैलुन लगायतका कुराहरु थपेको छ ।
यसअघि २०७५ वैशाख १ देखि सञ्चालनमा आएको होटल बिगमा ६८ वटा कोठा छन् । होटलमा सुइट रुम ३, सुपर डिलक्स १० र डिलक्स रुम ५५ वटा भएको होटलले जनाएको छ ।

















