Dhulikhel Eco Banner new

देश श्रीलंकाको बाटोमा भन्नु गलत : उपराष्ट्रपति पुन

6.49K
shares

काठमाडौं ,५ साउन । उपराष्ट्रपति नन्द बहादूर पुनले नेपाल पनि श्रीलंकको जस्तै आर्थिक संकटमा जादैछ भन्नु बाहिरी हल्ला मात्र भएको बताएका छन् । करपोरेट म्यागजीनले होटल र्याडिसनमा आयोजन गरेको कर्पोरेट बिज्नेस अवार्डको प्रमुख आतिथ्यताको रुपमा बोल्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् ।

उनले भने, ’अहिले नेपाल पनि श्रीलंकाको बाटोमा जाँदैछ भन्ने हल्ला छ तर तेसो होईन । हामिलाई सम्बन्धीत निकायका व्यक्तिहरुले नेपाल श्रीलंकाको बाटोमा नजानेमा विश्वास्त पारेका छन् । उनले देशमा अहिले देखिएको समस्याको मुख्य कारण कोरोनाको महामारी र युक्रेन रसिया युद्ध रहेको दावी गरे । रसियाबाट विश्वभर एक चौथाई खाद्यान्न आपूर्ति हुने गरेको र सो आपुर्ति ठप्प भएकोले यसको असर अहिले नेपाल सहित विश्वभरिनै देखिएको उनले बताए । यसले गर्दा देशमा महंगी बढेको पनि उनले दावी गरे ।

त्यस्तै, उनले श्रीलंकको घटना पछि नेपालीहरुले नेपाल पनि सुरक्षीत नभएको भन्दै पैसाहरु विदेशमा लगेर राख्ने गरेको भन्दै भन्दै चिन्त व्यक्त गरे । उनेले भने, ’श्रीलंकाको घटना पछि केही नेपालीहरुले नेपाल पनि सुरक्षीत नभएको भन्दै पैसाहरु विदेशमा लगेर राख्ने गरेको अपुष्ट खबरहरु आएको छ । यदि यो साचो हो भने यसले देशलाई घाटा हुन्छ ।’ उनले यी यस्ता कुराले गर्दा देशको अर्थतन्त्र अलिकति तलामाथि भएको भएतापनि देश श्रीलंकाजस्तो अवस्थामा नजाने बताए ।
यस्तै उनले सरकारले उद्योग व्यवसायीहरुको सुझवलाई मौद्रिक नीतिमा समेटर अघि बढ्दा देशको अहिलेको समस्याको समधान हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा सभापतिको आसनबाट बोलदैै कर्पोरेट मिडियाका अध्यक्ष एवं संस्थापक सम्पादक उज्जवलजंग शाहले मिडियाले विभिन्न आरोह अवरोह पार गर्दै हालको स्थितीसम्म आईपुगेको बताउदै कर्पोरेट विजनेश अवार्डले तमाम उद्योगी, व्यवसायी, व्यवस्थापक आदीलाई थप उर्जाशील भई अघि बढ्ने उत्प्रेरणा मिल्ने विश्वास आफूले लिएको धारणा व्यक्त गरे ।

कार्यक्रम माझ निर्णायक मण्डलका संयोजक समेत रहेका अग्रज उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सम्मान विजनेश अवार्डको निर्णायक मण्डलमा रहन पाउँदा ज्यादै खुसी लागेको उल्लेख गर्दै मंच उपभोक्ता हितका निम्ति सदैव निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढन लालायित हुने गरेको उल्लेख गरे ।

यस्तै, कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकको नीति पेचिलो तथा व्यवसयी मैत्री नभएकाले मुलुकको अर्थतन्त्रको सूचक नकारात्मक दिशातिर गएको उल्लेख गरे । कार्यक्रममा उनले सरकारी नीतिप्रति चरम असन्तुष्ठी व्यक्त गर्दै बैंकको ब्यजदर महँगीएकाले देशभर महँगी बढेको बताए । यस्तै उनले राष्ट्र बैंक नाफाकमाउन तिर लागेको आरोप लगाउँदै सम्बन्धीत ठाउँमा यसबारे भनिदिन उपराष्ट्रपतिलाई आग्रह समेत गरे ।
यसका साथै उनले व्यवसायीहरुलाई विभिन्न विदामा सम्मान गरेकोमा कर्पोरेट म्यागजिनलाई बधाई दिदै यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनै जान आग्रह समेत गरे ।

उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले अहिले नेपालको अर्थतन्त्रमा इतिहासको अफठ्यारो अवस्थामा रहेको बताएकी छन् । अहिले व्यवसयीहरुलाई बैंकको ब्याजदरले विभिन्न कठिनाई परेको भन्दै उनले यस्तै अवस्था रहेमा व्यावसायीले आफ्नो व्यवसाय बन्द गरेर सरकारलाई साचो बुझउनुर्ने अवस्था आउने बताएकी छन् । यस्तै उनले मौद्रिक नीतिले व्यवसायीहरुलाई केही उर्जा मिल्ने आशामा रहेको बताईन ।

यस्तै पूर्व अध्यक्ष राणाको भनाईलाई समर्थन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्षले आफुले बोल्न लागेको कुरा सबै पूर्व अध्यक्ष राणाले बोलिसकेको बतए । यसका साथै उनले गत वर्षको मौद्रिक नीतिले दिएको सहुलितहरु आउन लागेको मौद्रिक नीतिले निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे । उनले कोरोनाले थला परेको पर्यटन क्षेत्रलाई रिकभरी गर्ने किसिममको मौद्रिक नीति आउनु पर्ने बताए ।

यस्तै कार्यक्रममा कर्पाेरेट डाईनामिक बिजनेश अवार्डबाट सम्मानित नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेश काजी श्रेष्ठले सरकारले विभिन्न वस्तुमा लगाएको आयात प्रतिवन्धले व्यवसयहरु बन्द हुन थालेको र उद्योगहरुले पनि कर्मचारीहरु आधा घटाएको बताए । अहिले उद्योगहरुम पनि ह्रास आएको र आयात पनि प्रतिबन्ध लागेको भन्दै उनले राजस्व कहाँबाट आउछ भन्दै प्रश्न समेत गरे । उनले भने, ‘अहिले उद्योगहरुम पनि ह्रास आउने अनि सरकारले आयातमा पनि प्रतिबन्ध लगाउने, राजस्व चै कहाँबाट आउने ?’

कार्यक्रममा ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष उर्मिला श्रेष्ठ एवम् दिपक मल्होत्रा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी सदस्य हेमराज ढकाल, डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्य लगायतका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कर्पोरेट मिडियाको आयोजना तथा चेम्बर आन्दोलनका लौह पुरुष, प्रतिष्ठित उद्योगपति एवं नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष स्व. ईश्वरलाल श्रेष्ठको स्मृतिमा स्थापित संस्था ईश्वरलाल प्रतिष्ठानको सह आयोजनामा कर्पोरेट विजनेश अवार्ड समारोह सम्पन्न भएको हो ।