राष्ट्र बैंकले दियो २७ सेवा प्रदायकलाई अनलाइन भुक्तानीको स्वीकृति
वि.सं.२०७९ साउन १२ बिहीवार १५:०५
shares

काठमाडौं, १२ साउन । नेपाल राष्ट्र बैंकले विभिन्न २७ वटा अनलाई भुक्तानी सेवा प्रदायकलाई भुक्तानीका लागि स्वीकृति दिएको छ । भुक्तानी सेवा प्रदायक संस्थाले विद्युतीय भुक्तानी सम्बन्धी कारोबारमा ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्न पाउछन् ।
यी डिजिटल पेमेन्ट्स भुक्तानी प्रणलीले राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार २०७९ असार मसान्तसम्ममा सो संख्याका संस्थाले भुक्तानी सेवा प्रदान गर्न अनुमति दिएको हो । जसमध्ये सबैभन्दा पहिले अनुमति पाउनेमा आईएमई डिजिटल सोलुसन रहेको छ ।
सेलुसनको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । ई सेवा प्राइभेटको १० करोड रुपैयाँ र टेक्नोलोजी प्राइभेटको १० करोड रुपैयाँको चुक्ता पुँजी रहेको छ । सेलकम प्राइभेटको चुक्ता पुँजी १ करोड ५० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकबाट अनुमति लिने भुक्तानी प्रणाली सञ्चालक ९ वटा रहेका छन् ।


















