Dhulikhel Eco Banner new

भूकम्पले कुनै क्षति भएको छैन : प्रहरी

5.27K
shares

खोटाङमा आइतबार बिहानै गएको भुकम्पले कुनै क्षति नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी उमेश लम्सालका अनुसार भुकम्पनबाट कुनै पनि क्षति नभएको बताएका छन् ।

केटिएम भ्वाइससँगको कुराकानीमा डिएसपी लम्सालले मानिसहरु त्रसित भएर घर बाहिर निस्कने र हल्ला खल्ला भए पनि अहिलेसम्म क्षतिका विवरण नआएको बताए । आइतबार बिहान खोटाङको साकेला गाउँपालका वडा नम्बर ५ को मात्तिम बिर्ता केन्द्रविन्दु भएर भुकम्प गएको थियो । भुकम्प मापन केन्द्रका अनुसार भुकम्प ६ रेक्टर स्केलको थियो ।

केन्द्रविन्दु भएको ठाउँमा एउटा घर सामन्य चर्किएको र अरु कतै पनि केही अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।