Dhulikhel Eco Banner new

सोल्टी होटलको नाफा २०२ प्रतिशतले बढ्यो

4.94K
shares

काठमाडौं, ३ भदौ । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा होटलले १ अर्ब ३७ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । होटलले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०२.१६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अविधिमा होटलले ४५ करोड ३९ लाख रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

आम्दानी बढेसँगै होटलको नाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा २२ करोड ४९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस होटलले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३० करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ ।

८४ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा ८९ करोड १२ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा होटलको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६७ पैसा ऋणात्मकबाट बढेर ३ रुपैयाँ ५८ पैसा पुगेको छ । असार मसान्तसम्ममा होटलको प्रतिशेयर नेटवर्थ २० रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.५७ गुणा रहेको छ ।