Dhulikhel Eco Banner new

तीनकुनेमा व्यञ्जन हाउस सञ्चालन

6.14K
shares

काठमाडौं, ५ भदौ । काठमाडौंको तिनकुनेमा व्यञ्जन हाउस संचालनमा आएको छ । हाउस युवा व्यवसायी लक्ष्मण खड्कालगायको संयुक्त लगानीमा संचानमा हुने व्यञ्जन हाउसको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले एक कार्यक्रमका बीच उक्त हाउसको उद्घाटन गरेकि हुन् । यस व्यञ्जन हाउसमा सुविधा सम्पन्न क्याफे, रेस्टुरेन्ट र पार्टी हाउस एकै ठाउँमा रहेको छ । त्यस्तै, हाउसमा नेपाली खाना र खानाका अन्य परिकारहरु, सबै प्रकारका फास्टफुडका आईटमहरु र सेकुवा आईटमहरु उपलब्ध हुने छन् ।

यसमा ५० जना क्षमताको मिटिङ रुम, भिआईपी रुम, सेप्रेट सेलेव्रेसन रुमहरु, प्रर्याप्त पार्किङलगायतका सबै किसिमका सुविधाहरु रहेका छन् । विशेषगरि शुक्रबार र शनिबार बेलुकी लाईभ म्युजिकको पनि सुविधा रहेको छ ।