Dhulikhel Eco Banner new

स्कील सेवा मार्फत ४ सयलाई रोजगारी

5.38K
shares

काठमाडौं, १४ भदौ । बिगत ४ बर्ष पहिले देखि सेवा प्रवाह गर्दै आएको स्कील सेवाले नयाँ सेवा सुरुवात गरेको छ । ४ बर्ष पहिलो तीन जना युवाले “जे गछौंँ नेपालमै गर्छौँ” भन्ने मूल नाराका साथ सुरु गरेको स्कील सेवाले अहिले ४०० भन्दा बढी युवालाई स्वदेशमै रोजगारी प्रदान गरिरहेको छ ।

स्कील सेवा घर मर्मत गर्ने संस्थाको यो संस्थाले अहिलेसम्म २० हजारभन्दा बढी घरहरुमा आफ्नो सेवा प्रदा नगरिसकेको छ । मेहनत गर्न सके आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने विश्वासका साथ सुरु भएको यो संस्थाले फुल टाइम तथा पार्टटाइम गरि ४०० बढीलाई रोजगारीमा जोड्न सफल भएको छ ।

छोटो समयमै राम्रो सेवा र सुविधाका कारण ग्राहकको विस्वास जित्न सफल भएको स्कील सेवाले समयमा काम नसक्ने, भनेको भन्दा धेरै खर्च देखाएर पैसा लिने, अदक्ष श्रमिकद्वारा काम लगाउने जस्ता समस्या समाधान गर्ने लक्ष्यका काम गरिरहेको कम्पनीका मुख्य निर्देशक रमेश तिमिल्सिनाले बताए ।

यो कम्पनीले अहिले बजारमा पेन्टीङ सेवा बजारमा ल्याएको छ । घर रंग गर्दा देखा पर्ने समस्यालाई मध्यनजर गरेर यो सेवाको सुरुवात गरिएको हो । यस अन्तर्गत कम्पनीले ठेक्का दिएको व्यक्तिले राम्रोसँग काम नगर्ने, समयमा काम नगर्ने, घरमा रहेको सामानहरुको व्यवस्थापन राम्रोसँग नगर्दा घरधनीले समस्या भोग्नु परेको भन्दै यस्ता समस्यालाई समाधान गर्न यो पेन्टीङ सेवाको सुरुवात गरिएको कम्पनीका मुख्य निर्देशक रमेश तिमिल्सिना जानकारी दिए ।

व्यवस्थित रुपमा काम नगर्दा सामानहरु फुट्ने, बिग्रिने तथा हराउने समस्यालाई समाधान गर्नका लागि पनि यो सेवाको सुरुवात गरिएको तिमिल्सिनाको भनाइ छ । भित्तामा लगाएको चित्रले मानसिक स्वास्थ्यमा धेरै प्रभाव पार्ने कम्पनीले जनाएको छ । त्यो प्रभावलाई मध्यनजर गरेर रंगरोगनको कार्य गरिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।