Dhulikhel Eco Banner new

७ दशमलव ६ रेक्टर स्केलको शक्तिशाली भुकम्पको धक्का

4.85K
shares

काठमाडौं, २६ भदौ । पपुवा न्यु गिनीमा शक्तिशाली भुकम्पन भएको छ । आइतबार बिहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प बिहान केनान्तु सहर नजिकै गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभाग (यूएसजीएस) ले जनाएको छ । प्रशान्त टापुको देश पपुवा न्युगिनीमा ठूलो भूकम्प गए पनि सुनामीको खतरा भने नरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

केही भागहरूमा विद्युत् कटौती र भवनहरूमा क्षति पुगेको भनिए पनि क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।