Dhulikhel Eco Banner new

हेटौंडा लेडी जेसिजको ‘जेसिज सप्ताह’ शुरु, आमा घर नेपाललाई सहयोग हस्तान्तरण

4.75K
shares

काठमाडौं, २८ भदौ । हेटौंडा लेडी जेसीजको ‘जेसिज सप्ताह’ सोमबारबाट शुरु भएको छ । हेटौंडा लेडीले सप्ताहको पहिलो दिन मनहरीमा रहेको आमा घर नेपाललाई १५ हजार आर्थिक सहयोग गरि सुभारम्भ गरेको हो ।

सामाजीक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सहित जेसिज सप्ताह शुरु गरेको हेटौंडा लेडी जेसीजकीे अध्यक्ष कविता पौडेलले बताईन् ।

जेसिज सप्ताहको उद्घाटन गर्दै प्रमुख अतिथी हेटौंडा लेडी जेसीजकी पुर्व अध्यक्ष तथा नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष रश्मि बस्नेतले जेसिजले युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा उल्लेखनीय भुमीका निर्वाह गर्नुका साथै सामाजिक सेवाका कामहरुमा पनि हेटौंडा लेडीले उदाहरणीय रूपमा प्रस्तुत गरेको बताउँदै प्रशंसा गरेकि थिईन ।

उनले आगामी दिनहरुमा पनि हेटौंडा जेसिजले यस्तै उत्कृष्ट कामहरु गर्दै जाने विश्वास पनि व्यक्त गरिन् । उनले भनिन् “मानवताको सेवानै जिवनको सर्वाेतम कार्य हो समाज रूपान्तरणमा जेसीजले पुर्याएको योगदान अतुलनीय र देश विकासमा महत्त्वपूर्ण सावित बन्दै आएको छ ।

 सप्ताह अन्तर्गत सहयोग हस्तान्तरण कार्यक्रम , महिला हिंसा विरूद्ध सचेतना तालिम,हुप्राचौर सरसफाइ कार्यक्रम,आत्मरक्षा तालिम,स्वर्गीय बुद्ध रत्न स्मृति वक्तित्वकला प्रतियोगिता, स्वर्गीय वाशुप्रसाद पौडेल स्मृति शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम,स्लो स्कुटी रेस,डेङ्गु विरूद्ध सचेतना कार्यक्रम सहित समापन गरिने हेटौंडा लेडी जेसीजकी कार्यकारिणी उपाध्यक्ष तथा मुल कार्यक्रम संयोजक सजिता केसी (खत्री )ले बताईन् ।

सहयोग रकम ग्रहण गर्दै आमा घरकी जनसम्पर्क अधिकृत मयाँ प्रसाईले जेसीजको यस्ता परोपकारी कामको अन्य संघ संस्थाहरुले पनि सिको गर्नुपर्ने बताईन् ।

पहिलो दिनको कार्यक्रमको संयोजन जेसी नम्रता श्रेष्ठले गरेकी हुन् भने कार्यक्रममा पुर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार सुशीला पौडेल लगायत संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।