Dhulikhel Eco Banner new

मृगौला पिडितलाई कुचो संघको ५२ हजार सहयोग

6.88K
shares

काठमाडौं, २८ भदौ । नेपाल कुचो संघले मृगौला रोगबाट पिढीत ओम प्रकाश साहलाई ५२ हजार सहयो गरेको छ । संघको तर्फबाट २५ हजार र विभिन्न व्यवसायीहरुबाट संकलन भएको २७ हजार सहित ५२ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

मृगौलामा समस्या आएर उपचार गराइरहेका साहको आर्थिक अवस्था कमजोर भएको र उपचारमा समस्या भएका कारण आर्थिक सहयोग गरिएको संघका अध्यक्ष राज कुमार कार्कीले जानकारी दिए । साहलाई सहयाग गर्ने व्यक्ति तथा संस्थाहरुमा गृहलक्ष्मी ट्रेडर्सले ७ हजार ५००, मनोज साहले ५ हजार, सुवास वोलेखेले ३ हजार, दाहाल एण्ड १ हजार ५०० रुपैयाँ सहयोग गरेको संघका अध्यक्ष राज कुमार कार्कीले जानकारी दिए ।

त्यस्तै सञ्जीव पुडासैनी, राजु साह, धनपति पोखरेल, तिर्थ वाइवा, प्रदीप वाइबा, विजय खरेल, डम्बर थापा, सोम तामाङ शुरेस चौधरी र राकेश चौधरी, र पराउ साहले एक–एक हजार सहयोग गरेका हुन् ।