असाज १ गतेदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने महासंघको घोषणा
वि.सं.२०७९ भदौ २८ मंगलवार १७:२९
shares

काठमाडौं, २८ भदौ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले असो १ गतेदेखि देशभर पेट्रोलियम पदार्थ ढुवानी नगर्ने भएको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै भदौ २९ गते देखि अमलेखजंग डिपोबाट अनेत्र जाने इन्धन लोड नगर्ने र असोज १ गतेदेखि दशभर नै लोड अनलोडको कार्य ठप्प पार्ने बताएको हो ।
व्यवसायीले भदौ २४ गते देखि देश भरका सम्पूर्ण ढुवानी व्यवसायीहरुलको भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ नलिने निर्णय गरेको र अब लोड अनलोड नै बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लखे गरिएको छ । पीडीओ कार्यक्रम सफल भएको भन्दै आगामी कार्यक्रम सफल बनाउनका लागि महासंघले सबैलाई अनुरोध गरेको छ । साथै पीडीओ नलिने कार्यक्रम माग पुरा नभएसम्म निरन्तर रहने जनाइएको छ ।
साथै स्थानीय डिपो क्षेत्रमा रहेका स्थानीय डिलर्स एसोसिएसन मजदुर संघ÷संस्थाहरु पत्रकार÷उपभोक्ता तथा सरोकारवालाहरुसँग समन्वय गरी कार्यक्रमको जानकारी सबैलाई गराई, सम्पूर्ण व्यवसायी संलग्न भै माग पुरा नभएसम्म दृढता पूर्वक कार्यक्रम सफल बनाउन लाग्न पनि सबैमा महासंघले अनुसारेध गरेको छ । निगमले संचालन खर्च व्यहोरी संचालन गर्न चाहेमा टैंकर उपलब्ध गराईने महांघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


















