Dhulikhel Eco Banner new

एशियन लाईफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

3.9K
shares

काठमाडौं, ३ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार एशियन लाईफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य ५४० को आधारमा १४ दशमलव ५० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

बोनस पछिको मूल्य नेप्सेले ४७१ दशमलव ६२ तोकेको छ । मंगलवार समायोजनपछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोयबार खुला हुनेछ । कम्पनीले यस वर्ष आर्थिक वर्ष २०७७÷ ७८ को मुनाफाबाट कुल १५ दशमलव २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीले १४ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको आधारमा कुल १५ दशमलव २६ प्रतिशत लाभांश वितरणको गर्न लागेको हो ।

प्रस्तावित लाभांशसहित उक्त वर्षको वार्षिक प्रतिवेदन पारित गर्नका लागि कम्पनीले असोज १३ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले होटल क्लासिक सिमरा, बारामा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असोज ४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ३ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।