मकै बारीमा फेला पर्यो १० वर्षीया बालकको शव
वि.सं.२०७९ असोज ३ सोमवार १४:१९
5.79K
shares
shares

काठमाडौं, ३ असोज । रुकुम पश्चिममा एक बालकको आठबिसकोट नगरपालिकामा मकै बारीमा एक बालकको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ५ गोतामकोटका स्थानीय टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव मकैबारीमा फेला परेको हो । उनी भदौ ३१ गतेदेखि हराएका थिए ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















