Dhulikhel Eco Banner new

गरिमा विकास बैंकले गर्यो वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम

4.33K
shares

काठमाडौं, ३ भदौ । गरिमा विकास बैंकले संविधान दिवसको दिन आफ्नो सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सफलताको साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुख लगायत एक हजार कर्मचारीहरु मार्फत नेपालभर करिब ५०,००० ग्राहकहरुलाई विभिन्न बैकिङ्ग सेवा प्रदान गरेको छ ।

आउँदै गरेको चाडपर्वलाई ध्यानमा राख्दै पैसाको रेखदेख कसरी गर्ने, सामाजिक संजालबाट हुने सम्भावित ठगीबाट कसरी बच्ने, बचत गर्नुको फाईदाहरु लगायतका विषयहरुको बारेमा सूचना सम्प्रेषण गरिएको थियो ।

साथै, बैंक खाता खोल्न ईच्छुक ग्राहकहरुलाई उनीहरुको घरआँगनमै बैंक खाता खोलिएको थियो ।
हाल, गरिमा विकास बैैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर एवं ५१ एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले डिजिटल बैकिङ्ग अन्तर्गत गरिमा डिजि बटुवा, ईन्टरनेट बैकिङ्ग, भिजा डेविट कार्ड, अनलाईन बैंक खाता मार्फत पनि सेवा दिदै आईरहेको छ ।