फोनपेबाट पेगर्दा १ लाख जित्ने अवसर
वि.सं.२०७९ असोज ४ मंगलवार १७:१४
shares

काठमाडौं, ४ असोज । फोनपे सर्विसबाट पेमेन्ट गर्दा हरेक दिन १ लाख रुपैयाँ सम्म जित्न योजना सार्वजनिक गरेको छ । चाडपर्वलाई लक्षित गर्दै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजना मार्फत हरेक दिन फोनपे मार्फत् क्यूआर गर्ने, फोनपे डाइरेक्ट मार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्ने मध्ये एक जना ग्राहकले १ लाख रुपैयाँ जिन्त सक्ने छन् ।
यो योजना असोज ४ गते देखि १४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । यसैगरि क्यूआर मार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङ्गको आकर्षक मोबाईल फोन जित्न सक्नेछन् । मर्चेन्टहरुको यो योजना असोज ४ गतेदेखि कार्तिक १२ गते ४० दिन सम्मका लागि लागु हुनेछ । फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेञ्ज एसेप्ट गर्नुपर्नेछ । यस योजनामा अन्य केही शर्तहरु समेत लागु हुनेछन् ।
यसैगरी फोनपेले दशैँको समयमा किनमेल गर्न सहज र शुलभ होस् भन्ने उदेश्यले विभिन्न बैंकहरुसँगको सहकार्यमा छुट तथा क्यासब्याक पाइने सुविधा समेत प्रदान गरेको छ । फोनपे मार्फत क्यूआर भुक्तानी गर्दा सनराइज बैंकका ग्राहकले असोज १ देखि १५ गतेसम्म फोनपे मार्फत क्यूआर गर्दा हरेक दिन भाग्यशाली एक जनाले हेलिकप्टरमा गोसाइकुण्ड घुम्न पाउनेछन् ।
यस्तै कुमारी बैंकका ग्राहकले असोज ४ देखि १४ कार्तिकसम्म पहिलोपटक क्युआर मार्फत भुक्तानी गर्दा ३० प्रतिशत अर्थात् ३०० रुपैयाँसम्म छुट पाउनेछ । यसैगरि सानिमा बैंकका ग्राहकहरुले असोज १६ गतेदेखि २२ गतेसम्म १० प्रतिशत अर्थात् १०० रुपैयाँसम्म छुट पाउनेछन् । यस्तै गरिमा विकास बैंक र एनसीसी बैंक, एनआइसी एशिया बैंकका ग्राहकहरुले असोज ९ गतेदेखि १४ गतेसम्म क्युआर गर्दा १० प्रतिशत अर्थात् १०० रुपैयाँसम्म छुट प्राप्त गर्ने छन् ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले असोज ७ गतेदेखि १७ गतेसम्म, एभरेष्ट बैंकका ग्राहकले असोज १० देखि १४ गतेसम्म, मेगा बैंकका ग्राहकले असोज ७ देखि १३ गतेसम्म, कामना सेवा विकास बैंकका ग्राहकले असोज ९ गतेदेखि १३ गतेसम्म क्युआर मार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
















