ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य गर्दै आइएमई पे
वि.सं.२०७९ असोज ५ बुधवार १५:२०
shares

काठमाडौं, ५ असोज । अब आइएमई पे मार्फत ट्राफिक जरिवाना भुक्तानी गर्नका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने भएको छ । ट्राफिक जरिवाना हाल आइएमई पे वालेट मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौँ उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच यस विषयमा छलफल भएको हो ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत २०७९ श्रावण महिनामा मात्र एक करोड चालिस लाखभन्दा बढी वालेट प्रयोगकर्ताले १७ अर्ब रूपैँयाभन्दा बढीको कारोबार डिजिटल वालेटमार्फत गरेका छन् । प्रमुख बस्नेतले राष्ट्र बैंकको तथ्यांक उपत्यका ट्राफिक प्रमुख मीरा चौधरीलाई अवगत गराउँदै ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्ने बताए ।
उपत्यका ट्राफिक प्रमुख चौधरीले उत्साहजनक रुपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिवाना भुक्तानीका लागि प्रयोग गराउने उदेश्यले आगामी दिनमा आइएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताइन् ।


















