Dhulikhel Eco Banner new

यति एयरलाइन्सद्वारा यात्रु सेवा वृद्धि

4.29K
shares

काठमाडौं, ५ असोज । निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ ।

काठमाडौँबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका विमानस्थल र पर्वतीय उडान भर्दै आएको यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाख पाँच हजार छ सय ७७ यात्रुलाई यात्रुसेवा प्रदान गरेको हो ।

एयरलाइन्सले आज आफ्नो २४औँ वार्षिकोत्सवका अवसरमा जारी गरेको विज्ञप्तिमा एक वर्षमा १५ हजार नौ सय २५ वटा उडानमार्फत यात्रुलाई सेवा प्रदान गरेको जनाइएको छ । यतीले हवाइ सेवा प्रदान गरेका यात्रुमध्ये २७ हजार छ सय ६३ जना विदेशी रहेका छन् ।

एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले यतीले एक वर्षको अवधिमा एक लाख ५४ हजार दुई सय ८७ किलो कार्गो ढुवानी गरेको जानकारी दिए । “दुई वर्षअघि हामीसँग जहाज धेरै भए पनि सिट सङ्ख्या कम थियो, अहिले ठूला जहाज मात्र हुँदा सिट सङ्ख्या वृद्धि भएको अवस्था छ, अर्को वर्ष थप एउटा एटिआर–७२ ल्याएर यात्रु सङ्ख्या १५ लाख पु¥याउने लक्ष्य लिएका छौँ”, उनले भने ।

यतीले पाँच वटा एटिआर–७२ जहाजमार्फत देशका विभिन्न भूभागमा उडान भर्दै आएकामा गत महिना थप एउटा एटिआर जहाज थप गरेको छ । एयरलाइन्समा हाल सात सय ३० कर्मचारी आबद्ध छन् । यती एयरलाइन्सले भगिनी संस्था तारा एयरमार्फत पनि सेवा प्रदान गर्दै आएको छ । ताराको तीन वटा ट्वीनअटर जहाजमार्फत नेपालगञ्जबाट हुम्ला, जुम्ला, रारा, बाजुरा, पोखराबाट मुस्ताङ र काठमाडौँ र रामेछापबाट लुक्ला, फाप्लुलगायतका स्थानमा सेवा दिँदै आएको छ ।