Dhulikhel Eco Banner new

किन बोलायो १२ राजनीतिक दललाई निर्वाचन आयोगले ?

4.04K
shares

काठमाडौं, ९ असोज । निर्वाचन आयोगले १२ वटा राजनीतिक दललाई छलफलका लागि बोलाएको छ । आगामी निर्वाचनको आचारसंहिता कार्यान्वयनबारे १२ वटा राजनीतिक दललाई छलफलका लागि बोलाएको हो ।

निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेतालाई बोलाएको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने विषयमा छलफल गर्नका लागि आयोगले दलका नेताहरुलाई बोलाएको हो ।

संघीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग दिउँसो १२ बजे छलफल गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाएको उनको भनाइ छ ।

आयोग केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । तर त्यसअघि नै दलहरूबाट प्रतिबद्धता लिन छलफल गर्न लागिएको प्रवक्ता शर्माले बताए ।