पोखरीमा डुबेर २७ बाँदरको मृत्यु
वि.सं.२०७९ असोज १६ आइतवार १०:४३
shares

काठमाडौं, १६ असोज । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घामा रहेको पोखरीमा २७ वटा बाँदर डुबेर मरेको भेटिएका छन् । अर्घामा रहेको सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर मरेको अर्घाका स्थानीय बताएका हुन् ।
पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेको र पछि ती बाँदर पोखरीमा पसेपछि डुबेर मरेका हुनसक्ने आशंका गरिएको छ । पोखरी जंगलको बीचमा रहेको कारणले उद्धार हुन नसकेको स्थानीयको भनाइ छ ।
जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी, स्थानीय बासिन्दाको रोहबरमा गाडिएको छ ।



















