सरकारी निर्णयले श्रमिक मारमा, समयमै ध्यान दिन मञ्चको आग्रह
वि.सं.२०७९ कात्तिक २१ सोमवार १७:२६
shares

काठमाडौं, २१ कात्तिक । काठमाडौंबाट मलेसियाको चाटर्ड उडान नहुँदा करिब २५ हजार श्रमिक काठमाडौंमा अलपत्र परेको बताइएको छ । नेपाल सरकारले बिना तयारी काठमाडौंबाट मलेसिया चार्टड उडान गर्न नपाउने निर्णय गरेकाले अहिले श्रमिक अलपत्र परेको बताइएको हो ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाललेल सरकारको निर्णयका कराण श्रमिक अलपत्र परेको र उनीहरुको लागत समेत बढ्न पुगेको बताएको छ । मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीले भैरहवा विमानस्थलबाट चार्टड उडान गर्नु पर्ने सरकारले निर्णय गरेको छ । तर कुनै पनि विमानले त्यहाँबाट उडान नगरेकाले श्रमिक मर्कामा परेको र कोटा समेत गुम्ने अवस्था आउने सक्ने अध्यक्ष भण्डारीको भनाइ छ ।
रोजगारदाताले वैदेशिक रोजगार व्यवसायीलाई दबाब दिइरहेको र सरकारले गरेको निर्णयका कारण व्यवसायी तनाबमा रहेको अध्यक्ष भण्डारीले बताए । एकातिर व्यवसायी तनाबमा छन् भने अर्कोतर्फ श्रमिकमा अन्योलता उत्पन्न भएकको उनको भनाइ छ । व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि यस विषयमा कुनै चासो नदिएको मञ्चको आरोप छ । यो समस्या समाधानका लागि सरोकारवाला निकायलाई ध्यान दिन पनि मञ्चले आग्रह गरेको छ ।















