Dhulikhel Eco Banner new

कर्मचारी माथिको आक्रमण रोक्न लघुवित्त बैंकर्स संघको आग्रह

4.17K
shares

काठमाडौं, १ मंसिर । नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तका कर्मचारी माथिको आक्रम रोक्नका लागि आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गरेरे दाङमा पैसा उठाउन गएका कर्मचारी माथि भएको आक्रमणप्रधि ध्यानाकर्षण भएको भन्दै यस्तो कार्य रोक्नका लागि आग्रह गरेको हो ।

विगत लामो समयदेखि लघुवित्त विरुद्धमा केही समहूले लघुवित्तको कारोबारलाई बाधा पुर्‍याउने, कर्मचारीहरुलाई धम्कि दिने र अनावश्यक आक्षेप लगाई प्रचार प्रसार गर्ने क्रम चलिरहेको भन्दै यस्तो कार्यले लघुवित्तका कर्मचारी निरुत्साहित बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसै बीच दाङ्ग जिल्लामा लघुवित्त वित्तीय संस्थाका कमर्चारीहरु कात्तिक २४ गते ८ महिनादेखि रोकिएको किस्ता असुलीका लागि जाँदा लघुवित्तका सदस्यले अन्य व्यक्तिहरु बोलाएर कर्मचारीहरु माथि सांघातिक आक्रमण गरी गम्भिर चोट पुर्‍याएकोमा लघुिवत्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको गम्भिर ध्यानाकर्षण विज्ञप्तिमा भनिएको छ ।

संघले यस्ता अवाञ्छित गतिविधिले ग्राहकहरु तथा विपन्न वर्गले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट वञ्चित हुन पुगेको बताएको छ । त्यस्तै ऐन, कानून बमोजिम स्थापित संस्थाहरुले कानून बमोजिम कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेको भन्दै संघ खेद प्रकट गरेको छ ।
‘यस्ता अनाधिकतृ गतिविधिहरुलाई तत्काल रोक्न सम्वद्ध पक्षलाई हामी हार्दिक अनुरोध गदछौँ ।

यस प्रकारका अवाञ्छित गतिविधिहरुलाई तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवा अन्तर्गत रहेको वित्तीय सेवा नियमित रुपमा सञ्चालनमा रहने वातावरणको लागि सहयोग पुरर्‍याई दिनहुुन नेपाल सरकार, नेपाल राष्ट्रबंकै, स्थानीय सरकार तथा सम्वन्धित अन्य निकायहरुलाई हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

लघुवित्त र ग्राहकबीचको सम्बन्ध सुमधुर राख्दै ग्राहक संरक्षणको आधारलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको विज्ञप्तिमा जनाइएको छ । ‘यस्ता किसिमका घटनाहरुबाट कत्ति पनि विचलित नभई आगामी दिनमा पनि निरन्तर रुपमा ग्राहक सदस्यहरुलाई अझ उत्कृष्ट सेवा उपलब्ध गराउने कुराको प्रतिवद्धता पनि व्यक्त गर्दछौँ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।