GBIME

सप्तरी २ बाट दोब्बर मतअन्तरले सीके राउत विजयी

1.19K
shares

काठमाडौं, ७ मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट पराजित भएका छन् । मधेस आन्दोलनको नेतृत्व गरेर उदाएका यादवलाई मधेसकै अर्का नेता सीके राउतले १८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।

सीके राउत ३५ हजार ४२ मतसहित विजयी हुँदा उपेन्द्र यादव १६ हजार ९६९ मत प्राप्त गरे ।