GBIME

झापा क्षेत्र नं–२ को प्रदेश (२) बाट पाठक विजयी

762
shares

काठमाडौं, ७ मंसिर । झापा क्षेत्र नं २ को प्रदेश २ बाट नेकपा एमालेका उम्मेदवार चिन्तन पाठक निर्वाचित भएका छन् । उनि २० हजार एक सय ४८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका खगेन्द्र मैनालीले १६ हजार तीन सय ४४ मत प्राप्त गरेका निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।

यसअघि नै प्रदेश १० बाट एमालेकै एकराज कार्की विजयी भइसकेका छन् । उनले १८ हजार सात सय ३१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेल छ हजार एक सय एक मत प्राप्त गरी पराजित भएका थिए ।