Dhulikhel Eco Banner new

न्यायाधीशको गाडीले ठक्कर दिदा नगरपालिकाका चालक घाइते

5.9K
shares

काठमाडौं, ११ फागुन । उच्च अदालत विराटनगरका न्यायधिशको गाडीको ठक्करबाट एक जना घाइते भए । उच्च अदालत विराटनगरका न्यायधिस अम्बिका प्रसाद दाहाको गाडीले ठक्कर दिदा कटारी नगरपालिका सवारी चालक अजय तामाङ घाइते भएका हुन् । यो घटना महाशिवरात्रिका दिनको हो ।

उदयपुरको चुहाडेमा न्यायधिस दाहालको गाडीले तामाङ सवार मोटरसाइकलाई ठक्कर दिदा उनी गम्भीर घाइते भए । उनको विराटनगरमा रहेको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । तामाङ सवार प्रदेश नम्बर १– ०१–०५–००१ प ७०४४ नम्बरको मोटरसाईकललाईे प्रदेश नम्बर ०१–०२५ च ५००२ नम्बरको कारले ठक्कर दिएको थियो ।

मोटरसाइलकर्लाइ ठक्कर दिने न्यायधिसको गाडीमा प्रयोग भएको नम्बर नै परिवर्तन गरेर घटनालाई लुकाउन खोजिएको पिडीत पक्षको गुनासो छ । घटना भएको लामो लामो समयसम्म पनि यो विषय बाहिर नआउनुको पछाडि केही मिलेमतो भएको हुनु सक्ने आफ्नको भनाइ छ ।

घाइतेलाई सहयोग गर्नुको सट्टा न्यायधिश दाहालले मेरो गाडीमा क्षेति पुगेको भन्दै उपचारका लागि खर्च दिन नसक्ने बताएको कटारी नगरपालिकाका इन्जिनियर ओम मिश्राको भनाइ छ । ‘३१ लाख रुपैयाँमा किनको गाडीमा क्षेति भएको छ यो बनाउनु पर्छ यो कसले बनाउने,’ भन्दै सहयोग गनरेको मिश्राले बताए । यसका साथै प्रहरीले पनि कारलाई मोटरसाइलकले ठक्कर दिएको विवरण तयार पारेको पिडित पक्षको भनाइ छ । दुर्घटना हुदा न्यायधिसका छोरा अविलाश दाहालले चलाएको भए पनि प्रहरीले चालक विरेन्द्र यादवलाई नियन्त्रणमा लिएको मिश्राले बताए ।

उदयपुरका प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फ्यालले भने अनुसन्धान भइरहेको बताएका छन् । न्यायधिसलाई दुईवटा नम्बर राख्ने सुविधा हुने भएकाले सोही अनुसार दुई वटा नम्बर भएको उनको भनाइ छ । घाइतेको अवस्था चिन्ताजनक रहेको उनको भनाइ छ । कारमा न्यायधिस नरहेको र कार उनका छोराले चलाएको प्रहरीको भनाइ छ ।

यता न्यायधिस दाहालले भने आफूले उपचारका रकम अस्पतालमा पु¥याएर आएको बताए । गल्ती मोटरसाइलको भए पनि मानवियता हेरेर उपचारको लागि रकम दिएको उनको भनाइ छ ।