Dhulikhel Eco Banner new

धौलागिरी र खप्तड लघुवित्तले बोलाए मर्जर प्रस्ताव पारित गर्न साधारणसभा

4.76K
shares

काठमाडौं, २३ चैत । मर्जरको प्रस्ताव पारित गर्नका लागि धौलागिरी लघुवित्त र खप्तड लघुवित्तले साधारण सभा बलाएका छन् । दुई लघुवित्तले मर्जर प्रस्ताव पारित गर्ने एजेण्डासहित वैशाख १६ गते साधारणसभाको आह्वान गरेका हुन् ।

धौलागिरीले बाग्लुङको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्रको कार्यालय तथा खप्तड लघुवित्तले अत्तरियाको होटेल नमस्तेमा साधारण सभा आह्वान गरेका छन् । धौलागिरी र खप्तड लघुवित्तबीच मर्जर सम्बन्धी कार्य अन्तिम चरणमा रहेकोले मर्जर सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने र मर्जर पश्चात बन्ने तदर्थ समितिमा सर्वसाधारणको तर्फबाट एक एक जना सञ्चालक पठाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

यस्तै नेपाल राष्ट्र बैंकबाट मर्जरको लागि अन्तिम स्वीकृत पश्चात खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर, पुँजी, र सम्पूर्ण सम्पत्ति दायित्व एकृकीत गरी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत गरी सञ्चालन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।