Dhulikhel Eco Banner new

अडियो मेरो होइन, पार्टी विरुद्धको षड्यन्त्र हो : ढाका श्रेष्ठ

5.55K
shares

काठमाडौं, २९ चैत । साढेँ दुइ करोड घुस मागेको अडियो प्रकरणका राष्ट्रिय स्वतन्त्र पार्टी ढाका कुमार श्रेष्ठले आफू र आफ्नो पार्टीलाई फसाउने उद्देश्यका साथ अडियो सार्वजनिक गरिएको जिकिर गरेका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा, अडिओ प्रकरणमा ढाका कुमारले आफू अडियो प्रकरणमा आफू न्यायालय गइसकेको र क्लिन चिट लिएर आउने दाबी गरे । उनले भने ‘मसंग जोडिएको एउटा अडियो अहिले भाइरल भइरहेको छ । त्यसले गर्दा पार्टी र अहिलको उप निर्वाचनलाई र म आफ्नै मान प्रतिष्ठालाई घात परेको हुनाले त्यसप्रति म क्षमाप्राथि छु । यो अडियो चै मिडियामा जसरी पनि इडिटिङ गरेर बाहिर ल्याउन सकिन्छ । ह्वाट्सएपमा कुरा गरिएको भनिएको छ । मेरा कुराहरु कहाँ कहाँबाट जोडेर अहिले मिडियामा लाइएको छ । ’

उनले पार्टीले अनुसन्धानका लागि गरेको कारबाहीलाई आफूले स्वागत गर्ने भन्दै उनले अदालतबाट आफूले सफाई पाउने ठोकूवा गरे । ‘हिजोबाटै न्यायलय गै सकेको छु । तपाईहरु निश्चित हुनुस् । न्यायलयबाट प्रष्ट पारेर क्लिन चिट ल्याएर तपाईहरु माझ फेरी आउँछु, त्यतिन्जेल धैर्य गर्नुहोला ।’

पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अडियो इडिट गरेर बनाएको बताए। उनले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताए ।