सन्दीपले पुरा गरे सबैभन्दा छिटो १०० विकेट
वि.सं.२०८० वैशाख ८ शुक्रवार १४:२२
shares

काठमाडौं, ८ वैशाख । नेपालका स्पिनर सन्दीप लामिछानेले सबैभन्दा छिटो १०० विकेट लिने किर्तिमान कायम गरेको छन् । एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले ४२ खेलमा १०० विकेट पुरा गरेका हुन् ।
यो सँगै सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट पूरा गर्ने विश्व कीर्तिमान समेत आफ्नो नाम गरेका छन् । यस अघि एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा १०० विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो । खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा १०० विकेट पूरा गरेका थिए ।
सन्दीपले ओमान विरुद्धको खेलमा तीन विकेट लिएका छन् । यो समाचार तयार पार्दासम्म ओमानले ४ विकेट गुमाएर ६३ रन बनाएर खेलिरहेको छ । ओमानले ३११ रनको लक्ष्य पछ्याइरहेको छ । नेपालले टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारीत ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले १०८ रनको योगदान दिएका थिए ।


















