Dhulikhel Eco Banner new

एक दिवसीय क्रिकेटमा नेपालको किर्तिमानी योगफल, ओमानस सामु ३११ रनको लक्ष्य प्रस्तुत

5.49K
shares

काठमाडौं, ८ वैशाख । नेपालले एकदिवसीय क्रिकेटमा किर्तिमानी योगफल खडा गरेको छ । आफ्नो ५० औं एकदिवसीय क्रिकेटमा नेपाली टोलीले ३१० रनको उच्च योगफल खडा गरेको हो ।

एसीसी मेन्स प्रिमियर कपअन्तर्गत ओमानसँगको खेलमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उक्त कीर्तिमानी योगफल बनाउन सफल भएको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनाएको हो । यसअघि नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ मा घरेलु मैदानमै भएको पीएनजीसँगको खेलमा २९७ रन बनाएको थियो ।

ओमान विरुद्धको खेलमा नेपाली युवा अलराउण्डर कुल मल्लले पनि किर्तिमानी शतक प्रहार गरे । उनले ६४ बलमा १०८ रनको योगदान दिए । निकै खराब सुरुवात गरेको नेपालका लागि सोमबाल कामी र मल्लले पारी समाल्लेका थिए । सोमपालले ६३ रनको अविजिति पारी खेल । त्यस्तै भीम सार्कीले ३३ रन बनाउँदा आरिफ शेख र करण केसीले समान २९/२९ रनको योगदान दिए । त्यस्तै कप्तान रोहित शर्माले २३ रनको योगदान दिए ।

नेपालका दुवै जना ओपनर शुन्यमा आउट भए पछि नेपाली टोलि निकै दबामा आएको थियो । तर कुलले खुलेर ब्याटिङ गर्दा नेपाली टोलि उच्च योगफल खडा गर्न सफल भयो । कुशलले ५९ बलमा आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक प्रहार गरेका थिए । उनी नेपालबाट एकदिवसीयमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी समेत बनेका छन् । कुशलले कप्तान रोहित पौडेलको कीर्तिमान तोडेका हुन् । यसअघि २०२२ रोहित पौडेलले टियुमा नै पपुवा न्युगिनीविरुद्ध ९१ बलमा शतक बनाएका थिए ।

यसअघि नेपालबाट पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक हानेका थिए । ओमान विरुद्ध नेपाली टोलिले २८ औँ बलमा खाता खोलेको थियो । ओमानका आयन खानले २ विकेट लिए । बिलाल खान, कलिमुल्लाह, जिशान मकसुद, फैयज बट, अकिब इलियास र जतिन्दर सिंहले समान एक/एक विकेट लिए ।