‘पदमा बसेकाले अर्बौ पैसा विदेशमा पुर्याएपछि नेपालमा आर्थिक संकट भयो’
वि.सं.२०८० जेठ २८ आइतवार १४:१८
shares

काठमाडौं, २८ जेठ । आम जनता पार्टीका सांसद प्रभु साहले नेपालको पैसा अवैध बाटोबाट विदेश पु¥याएको हुनाले नेपालमा आर्थिक संकट आएको बताएका छन् । आईतवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सबै पदमा रहेकाहरुले कमिसन र घुसको नाममा पैसा लिएर विदेश पठाएको भन्दै यस्तो प्रवृत्तिले नेपालमा आर्थिक संकट कम नहुने बताए ।
उनले भने, व्यापारीहरु राजस्व छली गरिरहेका छन्, पैसा थुपारिरहेका छन् । कर्मचारीहरु घुस खाएर थुपारिरहेका छन् । नेताहरु कमिसनको पैसा थुपारिरहेका छन् र ती पैसा अवैध बाटोबाट विदेश पु¥याउने गरेका छन् । भन्नलाई नेपालको कानूनले कुनै सम्पत्ति लान मिल्दैन् तर तपाई पत्ता लगाउनुस घर भाडा पनि छोड्दैन् ।
भएको पुँजी अवैध बाटोबाट विदेश लगेपछि नेपाल समृद्ध हुन्छ । यहि संसदमा हेर्न सक्छौ, अधिकांश नेताहरु अवसरको लागि नेपालमा र उहाँका छोराछोरीहरु विदेशमा नेपालका सबै पुँजीहरु विदेशमा थुपारिदिए पछि । नेपालको आर्थिक संकट टर्छ ?’
सांसद साहले सांसदमै रहेका कति नेताहरु अवसरका लागि नेपाल बसेको र आफ्नो छोरा छोरीलाई बाहिर पठाएको भन्दै नेपालमा अवसरको खोजी गर्ने व्यक्ति मात्र रहने बताए ।
उनले नेपाल सरकारले देशको सम्पत्ति बाहिर लान नपाउने व्यवस्था भएपनि हुण्डी कारोवारीबाट नेपालको सम्पत्ति बाहिर लाने गरेको बताए ।
















