नयाँ स्टक र ब्रोकर कम्पनीको लाइसेन्स रोक्न संसदीय समितिको निर्देशन
वि.सं.२०८० जेठ ३० मंगलवार १०:०१
3.78K
shares
shares

काठमाडौं, ३० जेठ । नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर कम्पनीहरुको लाइसेन्स रोक्न संसदीय समितिले निर्देशन दिएको छ ।
प्रतिनिधि सभाको अर्थ समितिले नेपाल धितोपत्र बोर्डलाई लाइसेन्स वितरण प्रक्रिया रोक्न सोमबार निर्देशन दिएको छ । सर्वोच्च अदालतमा यस अघि परेको मुद्दामा भने अन्तरिम आदेश दिएको थिएन ।
















