Dhulikhel Eco Banner new

एमालेले सरकार छोडेपछि देश भाँडिएर उधुम भयो : अध्यक्ष ओली

4.72K
shares

काठमाडौं, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशको अर्थतन्त्र,राजनीति र समाज बिथोलिएर देशै ओरालो लागेको बताएका छन् । शनिबार एमाले पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले दुई वर्ष यता आफ्नो पार्टीले सरकार छोडेपछि देशमा संकट आएको दावी गरे ।

‘दुई वर्ष अगाडि नेकपा एमाले सरकारबाट हट्यो त्यसभन्दा यता देशको अर्थतन्त्र,राजनीति,समाज विथोलिएर भाँडिएर,ओरालो लागेर उधुम भएको छ ।’ ओलीले भने ।

उनले गठबन्धनले राम्रो काम गर्न नसकेको कारण नै विभिन्न प्रकारका राजनीतिक विकृति आएको टिप्पणी गर्दै एमालेलाई जनताबाट विस्थापित गर्ने षड्यन्त्रमा गठबन्धन लागेकै कारण प्रतिफल नआएको टिप्पणी गरे ।

ओलीले भने,‘गठबन्धनको ध्यान काम राम्रो गर्ने होइन् जम्माजम्मी एमालेको विरोधमा केन्द्रित हुने भयो त्यसमा पनि मेरो । एमालेलाई जनताबाट जनताबाट विस्थापित गर्ने उनीहरुको षड्यन्त्र,त्यसमा लागेर प्रतिफल कहाँ आउँछ,आएन् ?’

कार्यक्रममा काँग्रेस नेता केदार मानन्धरलाई पार्टी प्रवेश गराएका उनले गठबन्धनका नेताहरुले जनतालाई भ्रममा पारेर अल्मल्याएको आरोप समेत लगाए ।