Dhulikhel Eco Banner new

किस्ट कलेजलाई प्रेस्टिजिएस प्लस टु अवार्ड

3.45K
shares

काठमाडौं, ३१ असार । काठमाडौंको कमलपोखरीमा रहेको किस्ट कलेजलले प्रेस्टिजिएस प्लस टु अवार्ड, २०८०’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टूको शिक्षामा ९० प्रतिशतभन्दा बढी उत्तीर्ण दरसहित कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको अध्ययन अध्यापन गराउँदै आएका कारण किस्ट कलेजललाई प्रेस्टिजिएस प्लस टु अवार्ड, २०८०’ प्रदान गरिएको हो । किस्टले स्नातकसम्म अध्यापन गराउने भएता पनि परिचय भने प्लस टुबाटै बनाएका कारण केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

किस्ट कलेजले नियमित कक्षाबाहेक विभिन्न किसिमका सेमिनार र कार्यशालालगायत गतिविधिमार्फत् आफ्ना विद्यार्थीलाई कोर्सअनुसारको पढाइसँगै व्यवसायिक सफलताका लागि पनि तयार पार्दै लगेको छ। सन् १९९५ मा स्थापित कलेजले विगत २८ वर्षदेखि आफूलाई अब्बल साबित गरिरहेको छ ।