Dhulikhel Eco Banner new

उकालो लाग्यो शेयर बजार, कारोबार रकम २ अर्ब ३७ करोड

4.02K
shares

काठमाडौं, ३१ असार । साताको कारोबारको पहिलो दिन आज शेयर बजार उकालो लागेको छ । आज शेयर बजारमा १२ अंकको सुधार आएको छ । आज १२ दशमलव १६ अंकले सुधार आएर शेयर बजार परिसूचक २०९७ दशमलव ०९ विन्दुमा पुगेको छ ।

आइतबार २८६ कम्पनीका ७१ लाख ८४ हजार २५४ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज २ दशमलव ९० अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९४ दशमलव १५ विन्दुमा पुगेको छ ।