नोबल एकेडेमीलाई बेस्ट एजुकेसन काउन्सिलिङ अवार्ड
वि.सं.२०८० असार ३१ आइतवार १५:१८
shares

काठमाडौं, ३१ असार । काठमाडौंको नयाँ बानेश्वरमा रहेको नोबेल एकेडेमीले ‘बेस्ट एजुकेसन काउन्सिलिङ अवार्ड, २०८०’ प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच विद्यार्थीलाई संस्कार सिकाउनु मूल उद्देश्य बोकेको नोबेल एकेडेमीलाई बेस्ट एजुकेसन काउन्सिलिङ अवार्ड प्रदान गरिएको हो ।
नेपालमा निजी क्षेत्रमा सबैभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शैक्षिक संस्थामा परिचित नोबेलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।
विद्यार्थीलाई उद्यमशील जीवन जिउनका लागि प्रेरित गर्दै आएको यो कलेजले कक्षा ११ मा विज्ञान, व्यवस्थापन फाइन आर्टमा अध्ययन गराउँछ । न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने नोबेलले जेहेन्दार, गरिब, पिछडिएका र ग्रामीण भेगबाट आएका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिँदै आएको छ।



















