Dhulikhel Eco Banner new

मेरो राजीनामा माग्नु स्वभाविक ठानेको छु : गृहमन्त्री श्रेष्ठ

4.69K
shares

काठमाडौं, ९ साउन । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले आफ्नो राजिनामा माग्नु अस्वाभाविक नलागेको बताएका छन् ।

मंगलबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा उनले भने ‘मैले सुन प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरुले गृहमन्त्रीको राजिनामा मागेकोबारे त्यसलाई अस्वभाविक मान्दिन । यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी चाहिँ जबरजस्त भ्रष्टाचार विरोधी अनियमितता विरोधी अभियान चलाइराख्या छौं ।’

भ्रष्टाचारी आफ्नै पार्टीभित्र र वर्तमान सत्ता गठबन्धनभित्र पनि हुन सक्ने भन्दै उनले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल बनाएरै छाड्ने दृढता व्यक्त गरे । ‘एउटा वा अर्को रुपले त्यसप्रकारले सोच्छ भने सायद विभिन्न ढंगबाट यो भ्रष्टाचार विरोधी अभियान रोक्न प्रयास हुनु स्वाभाविक छ, तर त्यो प्रयत्नलाई हामी असफल पार्छौं, समृद्धिको लक्ष्य हासिल गर्न यो सरकार प्रतिबद्ध छ ।’

आफ्नै पार्टी पनि राम्रो र शुद्ध हुन्छ भन्ने नभएको भन्दै उनले भने हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको हाम्रो गठबन्धन शुद्ध छ ? भन्न त सकिन्न नि ? उनले सरकार भ्रष्टाचार विरुद्ध र सुशासनको अभियान अगाडि बढाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताए ।