Dhulikhel Eco Banner new

शेयर बजारमा गिरावट, कारोबार रकम २ अर्ब ९१ करोड

5.12K
shares

काठमाडौं, ९ साउन । साताको कारोबरको तेस्रो दिन आज शेयर बजारमा गिरावट आएको छ । आज ३६ दशमलव १९ अंकले गिरावट आएको शेयर बजार परिसूचक २१६४ दशमलव ३१ विन्दुमा पुगेको छ ।

मंगलबार २६७ कम्पनीका ७७ लाख १६ हजार २७७ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।

आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ७ दशमलव ६२ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ४११ दशमलव १६ विन्दुमा पुगेको छ ।