GBIME

गोपाल सेवा समितिले ३२ औं वार्षिकोत्सव भव्यताका साथ मनायो

3.21K
shares

जनकपुरधाम, २६ मंसिर । यदुवंशी समाजको समुदायिक संगठन गोपाल सेवा समितिको ३२ औं वार्षिकोत्सव भव्यताका साथ कृष्ण मन्दिर जनकपुरधाममा मनाएको छ । यदुवंशी समाजको छाता संगठन गोपाल सेवा समितिको वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा युवाहरुलाई संगठनमा आवद्ध हुन आह्वान गरिएको छ ।

गोपाल सेवा समितिका केन्द्रीय कार्यालय जनकपुरधाममा आयोजित कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री सरोज कुमार यादवले यदुवंशीउपर ठूलो जिम्मेवारी थपिएको बताउँदै निर्वाह गर्नको लागि आग्रह गरे ।

मधेश प्रदेशमा सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीसहित मुख्य चार दलका संसदीय दलका नेता यादव समुदायबाट छन् उनले भने–प्रदेशको लागि राम्रो कार्य गरेर संघीयतालाई संस्थागत गर्ने कार्य गर्नुपर्छ । यसो गर्न नसकिए मधेश प्रदेशमा गोपालवंशीहरु कलंकित हुनुपर्ने धारणा उनको थियो । मधेश प्रदेशसभामा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा र जनमत पार्टीको संसदीय दलका नेता यादव समुदायबाट रहेका छन् ।

प्रदेशलाई अगाडि बढाउने कार्यमा आफुहरु प्रतिपक्षमा भएर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको पूर्व भौतिक तथा पूर्वाधार मन्त्री समेत रहेका नेता यादवले बताए । गोपाल सेवा समितिका केन्द्रीय कार्यवाहक अध्यक्ष बजरंग यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेता यादवले कुस्ती खेललाई सम्बद्र्धन गर्न मधेश प्रदेश सरकारसित आग्रह गरे ।

आर्थिक संकटमा रहेका मुलुकलाई सुधार गर्न यदुवंशी समुदायका अर्थशास्त्रीहरुलाई सहयोगी भूमिका निर्वाह गर्नको लागि समेत आग्रह गरे । गोपालवंशको लामो इतिहास रहेपनि अहिले इतिहास स्थापना गर्ने अवसर रहेकाले यसतर्फ  केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा गोपाल सेवा समितिका पूर्व केन्द्रीय अध्यक्ष कारी यादव (सुमन) ले युवाहरुलाई संगठनमा आवद्ध हुनको लागि आह्वान गरे । अहिलेको युगमा युवाहरुले नेतृत्व गरेको संगठन तीव्र रुपमा अघि बढेको उदाहरण दिदै उनले यसततर्फ युवाहरुलाई गंभीर हुनुपर्नेमा जोड दिए । गोपालवंशी युवालाई प्रयोग गरेर अन्य जातीले चुनाव जित्दै आएकाले यसततर्फ पनि उनले सचेत गराए । नेतृत्व लिने बेलामा कसैको लागि प्रयोग नहुन उनले आग्रह गरे ।

राजेन्द्र यादवले संचालन गरेको कार्यक्रममा डा. रामवीर यादव, रामगोविन्द यादव, आशा यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न समितिहरुको संयोजक समेत चयन गरिएको थियो । गोपाल युवा समिति धनुषा जिल्ला संयोजकमा ललित यादव, गोपाल स्वास्थ्यकर्मी समितिका धनुषा संयोजकमा डा। रामेश यादव, गोपाल शिक्षक समिति धनुषा जिल्ला संयोजकमा सुरेश यादव र गोपाल विद्यार्थी समिति धनुषा जिल्ला संयोजकमा गौतम यादव चयन भएका छन् । विश्व हिन्दू परिषद जनकपुरका बिभाग अध्यक्ष एवं एकल बिधालयका सल्लाहकार अन्केश्वर यादव, ध्रुव नारायण यादव, राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश अध्यक्ष लभ अधिकारी, प्रभाष भुडेर यादव, बाबा मनोज यादव, सन्तोष यादव, संजय यादवलगायतको उपस्थिति रहेको थियो । गोपाल सेवा समितिको तर्पmबाट प्रमुख अतिथि, अतिथिहरुलाई सम्मान समेत गरिएका थिए ।