एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन हुने
वि.सं.२०८१ जेठ १५ मंगलवार १६:४२
3.03K
shares
shares

काठमाडौं, १५ जेठ । सरकारले एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र०८२ लागिको बजेट मार्फत एक वडामा एक आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्ने घोषणा गरेका हुन् । जसका लागि १४ अर्ब ४१ करोड विनियोजन भएको छ ।


















