Dhulikhel Eco Banner new

वीरगञ्जमा छ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन

4.89K
shares

काठमाडौं, ७ साउन । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व संकलन गरेको छ । गत आवमा अन्तःशुल्क र आयात घटेसँगै राजस्व संकलनमा प्रत्यक्ष असर देखापरेको छ ।

कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा  २७ करोड १५ लाख कम राजस्व संकलन गरेको छ । “गत आवको वर्षभरिमा मूल्य अभिवृद्धि कर संकलन र आयकर संकलन उत्साहजनक देखिएको छ”,

आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयका लागि  नौ अर्ब ४१ करोड ९७ लाख ९३ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले गत आवमा आयकरतर्फ दुई अर्ब २६ करोड ७५ लाख ५४ हजार संकलन गरेको छ ।

मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब २० करोड २५ लाख चार हजार संकलन गरेको छ । सोही अवधिमा अन्तःशुल्कतर्फ चार अर्ब २० करोड २५ लाख ३६ हजार संकलन गर्ने लक्ष्य राखिएको थियो । तर गत आवमा हिमालयन डिष्ट्रिलरीको उत्पादन घटेसँगै अन्तःशुल्कबापतको रकममा प्रत्यक्ष प्रभावित भएको देखिन्छ । कार्यालयले अन्तःशुल्कबापत  दुई अर्ब ३९ करोड ८६ लाख २० हजार संकलन गरेको छ ।

आन्तरिक राजस्व विभागले आव २०७९/८० मा कार्यालयलाई  १० अर्ब ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा भने सात अर्ब १४ करोड संकलन  गरेको थियो । कार्यालयले विशेष गरी आयकर, भाडाकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र स्वास्थ्य कर असुली गर्ने गर्छ