Dhulikhel Eco Banner new

नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

2.85K
shares

काठमाडौं, १३ कात्तिक । नेरुडे मिर्मिरे लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६७ हजार १५९ कित्ता शेयर बिक्रीमा राखेको हो।

शेयर किन्न इच्छुक खरीदकर्ताले आवश्यक पर्ने कागजात सहित १५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–८ स्थित केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश गर्नु पर्नेछ ।

उक्त शेयर यसभन्दा अघि संस्थापकहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको थियो। तर तोकिएको म्यादसम्म संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेपछि संस्थापक बाहेकका व्यक्ति वा संस्थाले मात्रै किन्न पाउने गरी शेयर पुनः बिक्री खुला गरिएको हो।