शेयर बजारमा उच्च अंकले वृद्धि, २२१ कम्पनीको शेयर मूल्य बढ्यो
वि.सं.२०८१ कात्तिक १३ मंगलवार १५:०७
shares

काठमाडौं, १३ कात्तिक । मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४६.६९ अंकले बढेर २,६९२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेको छ र ५ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम बढेर ६ अर्ब १२ करोडको कारोबार भएको हो ।
शेयर बजारमा सप्तबकोशी डेभलभमेन्ट बैंक, सानिमा जिआइसी इन्स्योरेन्स र कुथेली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन निफ्रा उर्जा ऋणपत्रका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको १.९५ प्रतिशतको दरले घटेको छ ।



















