शेयर बजारमा आज यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ कात्तिक १३ मंगलवार १५:१३
shares

काठमाडौं, १३ कात्तिक । मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४६.६९ अंकले बढेर २,६९२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १७ कम्पनीको शेयर मूल्य घटेको छ र ५ कम्पनीको स्थीर रहेको छ । यसदिन कारोबार रकम बढेर ६ अर्ब १२ करोडको कारोबार भएको हो ।
शेयर बजारमा सप्तकोशी डेभलभमेन्ट बैंक, सानिमा जिआइसी इन्स्योरेन्स र कुथेली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी कर्पोरेशन डेभलभमेन्ट बैंकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने समाज लघुवित्तका लगानीकर्ताले ९.१८ प्रतिशतका दरले कमाएका छन् ।



















