भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे
वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १४:४७
shares

काठमाडौं, १६ कात्तिक । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यस वर्षको भाइटीकाको लागि कात्तिक १८गते अर्थात् आइतबार बिहान ११:३७ बजे शुभ साइत परेको जनाएको हो ।
यस्तै पश्चिमतर्फ फर्किएर टीका लगाउनुलाई उत्तम मानिएको छ । हिन्दु नेपालीहरुका लागि दोस्रो ठूलो पर्व मानिने तिहार तर्थात् यमपञ्चक मंगलबारदेखि सुरु भएको हो । बुधबार काग तिहार, बिहीबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइयो भने शनिबार गाईरगोवर्द्धन पूजा, बलि पूजा, हली तिहार, म्हपूजा र नेपाल संवत् ११४५ मनाइनेछ ।
यससँगै भाइटीकाकै दिन नेवार समुदायले मनाउने किजा पूजा पनि परेको छ ।

















