सम्पदा लघुवित्तको शेयर सर्वसाधारणका लागि बिक्री खुला
वि.सं.२०८१ कात्तिक २८ बुधवार १०:१०
shares

काठमाडौं, २८ कात्तिक । सम्पदा लघुवित्तले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। लघुवित्तले संस्थापक समूहका केही शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख १४ हजार ६७२ कित्ता शेयर बिक्रीमा राखेको हो।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बन्दीपुर-१, डुम्रे तनहुँस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। यो अवधी भित्र आवेदन गरेपछि योग्य लगानीकर्ताले सम्पदा लघुवित्तमा संस्थापक शेयरको हिस्सेदार बन्ने अवसर प्राप्त गर्नेछन्।
यसअघि, यी शेयरहरू लघुवित्तकै अन्य संस्थापक सेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरिएको थियो। तर संस्थापकहरूले खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला गरिएको छ ।
















